राजधानीको दिव्या पार्टी प्यालेसमा गोली चल्यो, गुन्डा नाइके दावा लामा गम्भीर घाइते

काठमाडौं । राजधानीको बौद्धस्थित एक पार्टी प्यालेसमा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। आज बिहान बौद्धमा रहेको दिब्या पार्टी प्लालेसमा गोली चल्दा काभ्रेका गुन्डा नाइके
दावा लामा गभ्भीर घाइते भएको वौद्ध प्रहरी वृत्तले जनाएको छ। घाइते लामालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना गरिएको छ।
गोली प्रहारको घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

चैत २९ गते ।