सुतिरहेकी युवतीमाथि गोली प्रहार, अवस्था चिन्ताजनक
वीरगञ्ज । वीरगञ्जमा एक २३ वर्षीया युवतीमाथि सुतिरहेको अवस्थामा गोली प्रहार भएको छ ।पिपरा–१४ निवासी निलु पटेललाई राती घरमा सुतिरहेको अवस्थामा गोली प्रहार भएको हो ।२३ वर्षीया निलुको हाल नेसनल मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको पछाडीको बाँया भागमा गोली लागेको डाक्टरहरुले बताएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । गोली प्रहार गरेको आशंकामा प्रहरीले निलुका श्रीमान् धिरेन्द्र पटेललाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
चैत २९ गते ।