सामसङद्वारा नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

काठमाडौँ । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७४ को उमँगमा झनै उत्कर्ष भर्न लिएर आएको छ आफ्ना विश्वस्तरीय कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २०% सम्मको आकर्षक क्यासब्याक अफर । “क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको र यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरु मार्पmत एक नयाँ सुरुवात खोजिरहेकाहरुलाई उत्साहित गर्नेछ ।
उक्त अफरले नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । ग्राहकहरुलाई गुणस्तरी उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किमहरु लगायत हरेक सम्भव आयामहरु मार्र्पmत विशिष्ट सेवा दिने उद्देश्य अनुरुप यो अफरलाई बजारमा ल्याइएको हो ।
“क्यासमय नव वर्ष” अफर जेष्ठ १, २०७४ सम्म मान्य रहनेछ र देशभरका समस्त सामसङ आउटलेट मार्पmत उपलब्ध हुनेछ ।
चैत ३० गते ।