राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा सीके राउतसँग पुनः वयान

बुटबल । सीके राउतसँग आज बयान लिइएको छ । स्वतन्त्र मधेस अभियान चलाएका उनलाई राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान थालिएको हो । उनलाई आज रुपन्देहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर बयान लिइयो ।

चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने भन्दै राउतलाई बुझाउन माग गरेपछि सिराहा प्रहरीले पक्राउ गरेको थियो ।
वैशाख ३ गते ।