वेदमणि’ को ‘विचारका तरेलीहरु’ सार्वजनिक

 

काठमाडौँ  । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको छ ।

घुम्ती कवि गोष्ठी नेपालले आज साहित्यकार घिमिरेको निवास जोरपाटीमा आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर फुयालले सो निबन्ध सङ्ग्रहको विमोचन गर्नुभयो ।

घिमिरे निजामती सेवामा रहँदा २०६० देखि २०६५ सालसम्म लेखिएका ४४ वटा निबन्ध दुई खण्डमा विभाजन गरी कृतिमा समावेश गरिएको छ ।

सो अवसरमा सांसद फुयालले साहित्यकार, पत्रकारलगायत सबै पेसा र व्यवसायमा संलग्न नेपाली आ–आफ्नो स्थानबाट लागे देशको रुपान्तरण हुनसक्ने बताउनुभयो ।

“भनसुन नचल्ने सिंहदरबार बनाउन सबै लाग्नुपर्छ, सिंहदरबारमा बस्नेले सिस्नु खान तयार हुनुपर्छ, राजनीतिले सबै क्षेत्रको नेतृत्व गर्दै रुपान्तरणमा अघि बढ्नुपर्छ, पाँच हजार वर्षअघि ऋषिमुनिले हिमालयको काखमा दिएको दर्शन सेवा हो”–उहाँले भन्नुभयो ।

ऋषिमुनिले दिएको दर्शन भावी पुस्तासम्म औषधिका रुपमा पु¥याउने दायित्व वर्तमान पुस्ताको भएको सांसद फुयालले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, साहित्यकार बाजुराम पौडेल, मुकुन्द शर्मा चालिसे, बुनु लामिछाने, शीतल गिरी, उर्मिला पन्त पाण्डे, डम्बर घिमिरेलगायतले साहित्य सिर्जनाको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।