चेल्सीसँग इभर्टन ३—० गोल अन्तरले पराजित
काठमाडौं । लिग लडर चेल्सी चेल्सी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । दोस्रो हाफमा गरेको तीन गोलको मदतमा इभर्टनलाई हराउँदै चेल्सी चेल्सी प्रिमियर लिगको उपाधि नजिक पुगेको हो । गए राति भएको खेलमा चेल्सीले इभर्टनलाई ३—० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा इभर्टनले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको थियो ।
तर, दोस्रो हाफमा चेल्सी हावी भयो । ६६ औं मिनेटमा पेड्रोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । ७९ औं मिनेटमा काहिलले अग्रता दोब्बर पारे भने ८६ औं मिनेटमा विलियनले गोल गर्दै टोलीलाई ३(० को जित दिलाए ।
यसैबीच टोटनहृयामले आर्सनललाई २(० ले हराएको छ र चेल्सीमाथि दबाव कायमै राखेको छ ।टोटनहृयामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।दोस्रो हाफमा घरेलु टोली हावी भयो । ५५ औं मिनेटमा अलीले गोल गरे भने तीन मिनेट लगतै घरेलु टोलीले पेनाल्टी पायो, जसमा हृयारी केनले सहजै गोल गरे ।जितपछि चेल्सीको ३४ खेलबाट ८१ अंक छ भने लिगमा चार खेल खेल्न बाँकी छँदा टोटनहृयामको ७७ अंक छ ।
वैशाख १९ गते ।