एमाले कार्यकर्ताको हत्या

maitrinews

 

दोलखा । माओवादी नेता तथा पूर्वमन्त्री देवी खड्काको नेतृत्वमा आएको एक समुहले दोलखास्थित गौरीशंकर गाउँपालिका जुगुमा हतियारसहित आक्रमण गरी एमाले कार्यकर्ता ३३ वर्षीय कुलबहादुर तामाङको हत्या गरेका छन् ।

मंगलवार राती सवा नौ बजे टहरामा बसिहेको बेला पूर्वमन्त्री खड्का, माओवादी नेता विशाल खड्का, गंगा कार्की सहित गएको ६० जनाको समुहले टहरा भित्रै छिरेर आक्रमण गरेको थियो । स्थानीयहरु भूकम्पले घर भत्किएपछि टहरा बनाएर बस्दै गरेका थिए ।

राती अचानक माओवादीको हतियारधारी समुह प्रवेश गरेर आक्रमण गर्न थालेपछि वस्तीबाट भागदौड सुरु भएको थियो । भाग्न नसकेका कुलबहादुरलाई उनीहरुले निलकण्ठेश्वर माविको चौरमा लगेरर कुटी कुटी हत्या गरेका थिए ।

हतियारधारी माओवादी समुहको आक्रमणबाट गम्भीर घाइते भएका बृद्ध दिलबहादुर बुढाथोकीलाई उपचाका लागि काठमाडौं लगिएको छ । माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्कीको गाउँ रहेको सो स्थानमा चार दिन अघि एमालेले चुनावी सभा राखेको थियो । सभामा गाउँका प्रभावशाली मानिएका माओवादी कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । त्यसैबेला देखि देवी र विशालले एमाले प्रवेश गर्नेहरुको ज्यान खतरामा रहेको चेतावनी दिंदै आएका थिए ।
वैशाख २७ गते ।