मौन समयमा निर्वाचन आयोगको अभियान-‘मेरो मत अमूल्य छ’

maitrinews

काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचनको मौन समय शुरु हुनै लाग्दा निर्वाचन शिक्षालाई थप प्रभावकारी बनाएको छ । आयोगले हरेक मतदाताले निर्वाचनमा भाग लिने वातावरण बनाउन त्यहीखालका प्रचार सामग्रीलाई तीव्र पारेको छ । आयोगले वहीबारबाट सरकारी स्वामित्वको साझा बसमा समेत ‘मेरो मत अमूल्य छ’ भन्ने सन्देशसहितको निर्वाचन शिक्षा समाग्री टाँसेर प्रचार-प्रसार तीब्र पारेको हो ।

आयोगले साझा सहकारीले सञ्चालन गरेको सबै सार्वजनिक बसहरुमा त्यस्तो सूचनामूलक सामग्री टाँसेको हो । आयोगले त्यस्तो सूचनामूलक सन्देशले मतदातालाई मतदान स्थलमा गएर मतदान गर्न प्रेरित गर्ने बताएको छ । आयोगले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदरमत प्रतिशत घटाउन यस्तो अभियानलाई तिव्र पारेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ‘हरेक मतदाताले मतदानमा भाग लिउनु र स्थानीय विकासका लागि योग्य प्रतिनिधि छनोट गरुन् भन्ने उद्देश्यले यस्तो सामाग्री ल्याइएको हो ।’

आयोगले मौन अवधिमा पनि यस्तो प्रचार सामाग्रीलाई तीव्र पार्ने बताएको छ ।