अमिर र सनाको रोमान्सले किरण तनावमा

मुम्वई । बलिउड चलचित्र ‘दंगल’बाट चर्चामा आएकी फातिमा सना शेख पुन चर्चामा आएकी छन् । उनको चर्चा अहिले चलचित्रबाट नभएर आमिरसँगको सम्बन्धलाई लिएर भएको हो । जसको सोझो असर आमिरकी श्रीमती किरण रावलाई परेको बताइएको छ । भारतिय सञ्चार माध्यमका अनुसार फातिमा सना शेखको विषयलाई लिएर आमिर र किरणबीच झगडा सुरु भएको छ । पछिल्लो समय ‘दंगल’मा छोरी बनेकी सना प्रति आमिर निकै सकरात्मक रहेका छन् । साथै उनि सनासँग चलचित्र ‘ठग अफ हिन्दुस्तान’ मा पनि देखिनेछन् । चलचित्र ”दंगल’ ‘ मा आमिर र सनाबीच बुबा-छोरीको सम्बन्ध रहेको थियो भने ‘ठग अफ हिन्दुस्तान’मा दुबैले रोमान्स गर्नेछन् । २५ बर्षिय फातिमा सनालाई यस कुरामा भने कुनै अनौठो नलागेको बताएकी छन् । उनले भनिन् , मलाई थाहा छ मानिसहरुले मेरो बारेमा फरक तरिकाले सोच्ने छन् । म एक अभिनेत्री हुँ । यदि म ‘दंगल’मा उनको छोरी बन्ने थिइन् र मलाई यहि रोल नै अफर गरिएको भए पनि म आमिरसँग काम गर्ने थिए । ‘
सना र आमिरबीचको रोमान्स दर्शकले कतिको मन पराउने हुन् त्यो त आउदो समयले देखाउनेछ । तर अहिलेको अवस्थामा सनासँगको आमिरको घट्दो दुरीले श्रीमती किरण राव डराएकी छन् । आमिर किरन भन्दा सनामाथि निकै ध्यान दिइरहेका छन् । उनि सनासँगै दिन बिताउने गरेका छन् । साथै आमिरकै स्विकृतिमा सनालाई यशराज ब्यानरको ‘ठग अफ हिन्दुस्तान’ मा स्थान दिइएको बताउने गरिएको छ ।