काठमाडौँ महानगरपालिकाको मतगणना पुनः सुरु,एमालेका विद्यासुन्दरको अग्रता

maitrinews

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु सँगसँगै एमालेले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाल काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशीलाई पछाडि पार्नुभएको छ । केही बेर स्थगित भएको काठमाडौँ महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतपत्रमा केही प्राविधिक समस्या देखिएपछि मतगणना स्थगित भएको हो । काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरे पनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।

कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको हो ।

पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा ९एमाले०का पुण्यप्रसाद चौलागाईं ४९, नेकपा ९माओवादी केन्द्र०का टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जानकारी दिनुभयो । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ ।