आईजीपी विवादः बृहत् इजलास गठनपछि अर्को विवाद
काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतले बिहीबार वृहत पूर्ण इजलास गठन गरे पनि त्यस मध्येका एक जना न्यायाधिश रिट निवेदकका नाता परेकाले ुमुद्दा हेर्न नमिल्नेु भएको छ । सात जना मध्ये न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ रिट निवेदक नवराज सिलवालको नातेदार हुन् ।
वृहत पूर्ण इजलासमा न्यायाधीशहरु श्रेष्ठसहित चोलेन्द्र शम्शेर जवरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल प्रधान र तेजबहादुर केसी छन् । यसअघि प्रहरी महानिरिक्षक नियुक्ती विवादको निरुपण गरेका केही सीमित न्यायाधिशहरु मात्रै यो इजलाशमा समावेश छन् ।
सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षणमा बढुवा गर्ने निर्णय गरेर लगत्तै डीआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सिलवाल सहित अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट निवेदनका आधारमा सर्वोच्चले चन्दलाई महानिरीक्षकका नियुक्त गर्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश दियो भने पछि मुद्दालाई अन्तिम किनारा लगाउने क्रममा समेत चन्दको नियुक्ती खारेज गरिदियो । साथै चार वर्षको औसत कार्यसम्पादन मूल्यांकनमा सिलवाल माथि देखिएको भन्दै उच्चतम अंक ल्याउनेलाई नै महानिरिक्षक बनाउन आदेश दियो ।