महिन्द्रा शोरुमको सिन्धुलीमा भव्य उद्घाटन

 
सिन्धुली । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेड प्रा. लि. अन्तर्गतको श्री कृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा नयाँ महिन्द्रा शोरुमको भव्य उद्घाटन गरेको छ । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय ग्ख् सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम सिन्धुलीमा प्रस्तुत भएको हो । कम्पनीका अनुसार उक्त नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने कुरा प्रति ध्यानाकर्षण गराए ।
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।