पञ्चकन्या ग्रुपद्वारा प्लम्बर तालिम 

maitrinews

 

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत प्लम्बर तालिमको काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको छ । जेठ ३ गतेदेखि २०७४ आषाढ १ गतेसम्म संचालित प्लम्बर तालिममा ५७ जनाले तालिम लिएका थिए भने जसमा २ जना महिलाहरु समेत सहभागी थिए । निजी क्षेत्रबाट प्रदान गरिएको यस्तो प्रकारको प्लम्बर टे«निङ लिने संभवत नेपालमै ती महिला पहिलो भएको र उनीहरु आउ“दा दिनमा पनि सोही क्षेत्रमा कार्यरत रहने र ग्राहकहरुलाई स्तरीय प्लम्बिङ सेवा दिन सक्षम रहेका छन् । सहभागीहरुलाई जापानको सुप्रसिद्ध कम्पनी क्भ्प्क्ष्क्ग्क्ष् को अगुवाईमा भारतको स्टारलाईन कम्पनीबाट आउनु भएका दक्ष प्रशिक्षकहरुद्वारा अन्तर्राष्ट्रिस्तरको प्लम्बर तालिम उपलब्ध गराइएको छ । देशमा बढ्दै गएको बेरोजगारी समस्या हल गर्न र दिनहू“जसो विदेशिने युवाहरुलाई यस्ता तालिमले स्वदेशमा नै रोजगारी सिर्जना गर्न केही हदसम्म सहयोगी हुने देखिन्छ । साथै आम युवाहरुको चाहना पनि स्वदेशमै सीप सिकेर केही गर्ने उद्धेश्य पुरा गर्न र दक्ष प्लम्बरको कमीलाई परिपुर्ति गर्न यो तालिम धेरै सफल भएको छ ।
सहभागीलाई निःशुल्क रुपमा तालिम उपलब्ध गराइएको र तालिम पश्चात् आवश्यक पर्ने टुल–किट समेत दिइएको थियो । साथै सहभागीहरुको लागि तालिम अवधीभर आवश्यक सामान, औजार, स्टेशनरी र चिया–खाजाको समेत निःशुल्क व्यवस्था गरिएको थियो । तालिम पश्चात् सहभागीहरुलाई ग्रुपले राम्रो रोजगारीको लागि प्रवद्र्धन गर्ने छ भने उनीहरुलाई भविष्यमा चाहिने तालिमको प्रमाण–पत्र र परिचय–पत्र प्रदान गरिएको छ । यसैगरी उनीहरुको उज्ज्वल भविष्यको लागि इन्टरनेटमा व्यक्तिगत विवरण राखी प्रचार–प्रसार गरिने कम्पनिले जनाएको छ ।