कपिलवस्तुको बाणगंगामा बम विस्फोट

 

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता भइरहेको समयमा विस्फोट भएको हो । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । बम विस्फोट कसले गराएको भनी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।