भीडले मानिस मार्ने घटनाविरुद्ध भारतमा प्रदर्शन
नयाँदिल्ली । भारतका कैयौं शहरमा पछिल्ला समयमा भिडले मानिस मार्ने घटना बढ्न थालेपछि त्यसको विरोधमा प्रदर्शन भएका छन्। राजधानी दिल्ली सहित कतिपय स्थानमा लिंचिंग अर्थात भिडले मानिस मार्ने घटनाको विरोधमा शान्तिपूर्ण प्रदर्शन भए।
दिल्लीको जन्तर मन्तरमा कालोपट्टी बाँधेका करिब १५ सय मानिस भेला भएर सरकारलाई भिडले मानिस मार्ने घटनाबारे कारवाही गर्न माग गरे।
केही दिन अगाडी हरियानाका एक मुसलमान युवा जुनैद खानको रेलमा भएको हत्यापश्चात सामाजिक सञ्जालमा त्यसको विरुद्ध चर्चा भयो।
नट इन माइ नेम ह्यासट्याग भएको नारा दिनभर ट्विटरमा चर्चित रह्यो।
खासगरि मुसलमानहरुविरुद्ध लक्षित त्यस्ता हत्याका घटनाका विरुद्ध उभिएको नागरिक समाजको तप्कालाई एकीकृत गर्न सो नारा लगाइएको हो।