खाडी मुलुकले अगाडि सारेका मागबारे कतारले जबाफ पठाउँदै
कतार । कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे कुवेतलाई सोमबारसम्ममा आफ्नो देशले जवाफ पठाउने बताएका छन्।
दशकौंयताको सबैभन्दा नराम्रो भनिएको खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्।
समाचारमा जनाइए अनुसार कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल(थानीले कुवेती अमिरलाई दिनेछन्।
यसअघि कतारी अधिकारीहरुले ती मागहरु अस्वीकार गरेका थिए।
यद्यपि उनीहरुले उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको बताएका थिए।
खाडी मुलुकहरुले अघि सारेका मागहरुमा अल जजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायत छन्।