सलमानको फिल्म सुल्तानलाई अन्तर्राष्ट्रिय पुरस्कार

 

सांघाई। बलिउड अभिनेता सलमान खानको चलचित्र सुल्तानले चीनमा अवार्ड पाएको छ । चीनमा संचालन भइरहेको २० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवलमा ुसुल्तानु ले बेस्ट एक्शन मुभीको अवार्ड पाएको हो ।

२० औँ शांघाई इन्टरनेशनल फिल्म फेस्टिवल १७ जुन देखि २६ जुनसम्म संचालन हुनेछ । यसका साथै चलचित्र चीनमा रिलीज हुने घोषणा गरिएको छ । चलचित्र २०१७ को अन्त्य सम्ममा चीनमा रिलीज हुनेछ ।
पछिल्लो समय बलिउड चलचित्रहरुको प्रभाव चीनमा राम्रै परेको देखिन्छ । यो भन्दा पहिले आमिर खानको दंगल चीनमा रिलिज भएको थियो। चलचित्रले चीनबाट करिब १२ सय करोड कमाइ गरिसकेको छ ।