बन्दुकधारीव्दारा भेनेजुयलामा मतदातामाथि गोली प्रहार

maitrinews

 

काराकास । भेनेजुएलाको अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिएको बताइएको छ।
राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिन विपक्षीहरुले अनौपचारिक जनमत संग्रह आयोजना गरेका हुन्।
टेलिभिजनमा देखिएका तस्वीरमा डराएको भीड र मानिसहरु भाग्न खोजिरहेका दृश्य कैद गरिएका छन्। बन्दुक चलेको अवाज पनि सुनिन्छ।
उक्त घटना कराकासको पश्चिममा अवस्थित एउटा विपन्न मानिस बस्ने क्षेत्रमा भएको थियो।
गोली लागेर ६१ वर्षिया एक महिलाको ज्यान गएको बताइएको छ। उनी मतदान गर्न लामबद्ध थिइन्। तीन जना घाइते भएका छन्।