प्रेम र रोमान्स समेटिएको म्युजिक भिडियो सार्वजनिक

 

 

काठमाडौँ । चर्चित गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको ‘दुर्बीन लाई लाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस वर्षको तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको गीतको भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन्।

तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ। शंकर बिसी स्वयम्ले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्सलाई समेट्न बिसी सफल देखिन्छन्।

तीजमा धेरै समय रमाइलो गर्ने खालको करिब ९ मिनेटको भिडियो रहेको छ। गीतको भिडियोमा करिश्मा र शंकरका माध्यमबाट हिन्दु नेपाली नारीको महान् पर्व तीजका रोचक र चोटिला प्रसंग उठाइएको छ। राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन्। भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन्। गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ।