उत्तर कोरियाले अत्यासपूर्ण स्थिति भोग्नुपर्ने ट्रम्पको चेतावनी
अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि केही गरे उसले असाध्यै नराम्रो स्थिति भोग्नुपर्ने चेतावनी दिएका छन्।
उत्तर कोरिया नसच्चिए उ अत्यासपूर्ण अवस्थामा पुग्ने उनले बताए।
प्योङयाङले गुआममा क्षेप्यास्त्र प्रहार गर्ने योजनाको विवरण सार्वजनिक गरेपछि ट्रम्पको भनाइ आएको हो।
राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित उनको निजी गल्फ क्लब बेडमिनस्टरमा सञ्चारकर्मीहरुसँग उनको यस अघिको उत्तर कोरियामाथि आक्रोशपूर्ण आक्रमण गर्ने भनाइ कडा नभएको बताए।
उत्तर कोरियाले उनको भनाइलाई वाहियात भनेको थियो।