ज्यानै जाने खतरा बढेपछि डा. केसीद्वारा आमरण अनशन स्थगित

 

काठमाडौँ । ज्यानै जाने खतरा साथै बाढीपहिरोका कारण देशमा उत्पन्न असहज अवस्थाबीच डा। गोविन्द केसीले केही समयअघि आमरण अनशन स्थगित गरेको बताएका छन्।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै उनी विगत २३ दिनदेखि आमरण अनशनमा थिए।
डा। केसीका मागबारे सरकारसँग कुनै सहमति चाहिँ भएको छैन।
तराईका जिल्लाहरुमा बाढीले निम्त्याएको विपद्लाई मध्यनजर गर्दै डा। केसीले अनशन स्थगित गरेको उनका एकजना सहयोगी डा। अभिषेकराज सिंहले बताए।
पटक(पटक गरी एघारौं पटकसम्म आमरण अनशनमा रहेका डा। केसीको स्वास्थ्य सोमवारदेखि निकै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका थिए।
डा। केसीको स्वास्थ्यमा देखिएका अन्य जटिलताबारे डा। सन्तोष क्षेत्रीले भने, ूसलाइन दिन दुवै हातको नशामा खोलिएको क्यान्नुलामा संक्रमण भएको छ।
ूसलाइन दिएको ठाउँको संक्रमण रगतमा फैलियो भने त्यसले ज्यानको जोखिम अथवा मृगौला वा अन्य कुनै पनि अंगलाई फेरि सन्चो नहुने गरी खराब सम्भावना बढ्दै गएको छ।ू
डा। केसी अनशन बसेको चौथो दिनमै सरकारले वार्ता टोली गठन गरेको हो र त्यसयता दुई पक्षबीच आठपटक वार्ता भएको छ।
तर सरकारी वार्ता टोलीले डा। केसीका मागलाई गम्भीरतापूर्वक नलिएको उनका प्रतिनिधिले गुनासो गरेका छन्।