बेनजीर हत्या प्रकरणका पाँचै जना अभियुक्त निर्दोष ठहर,भुट्टो परिवारको असन्तुष्टि

इस्लामावाद । पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ठहर गरेको छ। अदालतको फैसलाप्रति भुट्टो परिवारले असन्तुष्टि जनाएको छ ।

तर झण्डै एक दशकअघि एउटा राजनीतिक र्यालीमा रहेका बेला गोली तथा बम प्रहार गरी भएको उनको हत्यालाई रोक्न हेलचक्र्याइँ गरेको अभियोगमा दुईजना प्रहरी अधिकारीहरुलाई दोषी ठहर्याइएको छ।

ती प्रहरी अधिकारीहरुलाई सत्र वर्षको जेल सजाय सुनाइएको छ। सोही अदालतले पाकिस्तानका भूतपूर्व राष्ट्रपति जेनरल परवेज मुशर्रफलाई मुद्दाको सुनुवाईको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको छ।

उनलाई पनि बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको छ। तर उनी गत वर्षदेखि नै स्वनिर्वासनमा छन्।

पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा बेनजीर भुट्टो मारिएकी थिइन्।

पाकिस्तानी राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी बेनजीर भुट्टो दुई पटक प्रधानमन्त्री बनेकी थिइन्  ।