दक्षिण कोरियाव्दारा लाइभ फायर  सैनिक अभ्यास,रुस र चीनव्दारा तनाव कम गर्न आग्रह

सोल । दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र परीक्षणलगत्तै त्यस्तो क्षेप्यास्त्रलाई विफल तुल्याउने क्षमता रहेको भनिएको एक लाइभ फायर अभ्यास गरिएको जनाएको छ।

उत्तर कोरियाली कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले पछिल्लो सैनिक अभ्यास गरेको हो।

चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नुपर्नेमा जोड दिएका छन्।

जापानले चाहिँ पछिल्लो परीक्षण क्षमा गर्नै नसकिने काम भएको बताएको छ।