अमेरिकाद्वारा उत्तर कोरियामाथि थप नाकाबन्दी, ट्रम्पको भाषण कुकुर भुकाइ

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेका छन्। आफूले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशले अमेरिकी अर्थ मन्त्रालयलाई प्योङयाङसँग कारोबार गर्ने विदेशी ब्यांकहरुविरुद्ध प्रतिबन्ध लगाउने अधिकार दिएको ट्रम्पले बताए।
उत्तर कोरियासँग कारोबार नगर्न चिनियाँ केन्द्रीय ब्यांकले देशभित्रका आर्थिक संस्थाहरुलाई आदेश दिएकोमा उनले चीनको प्रशंसा समेत गरे।
अमेरिकाको पछिल्लो कदमले उत्तर कोरियालाई गरिने तेल निर्यातलाई चाहिँ समेटेको छैन।
तेल निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावको चीनले प्रतिरोध गर्दै आएको छ।
पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई लिएर राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाएको दुई हप्ता पनि नबिन्दै अमेरिकाले त्यस्तो घोषणा गरेको हो।
उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ूकुकुरको आवाजूको संज्ञा दिएका छन्।

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई ूनष्ट गरिदिनेू चेतावनी दिएका थिए।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ(होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन्।

राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।