चिकित्सक र सरकारबीचको वार्ता विफल, देशभरका बहिरंग सेवा बन्द,इमर्जेन्सी सेवा भने सुचारु

 

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति हुन नसकेपछि आफ्नो आन्दोलन जारी रहने तर त्यसबाट दशैंको बेला स्वास्थ्य सेवा प्रभावित नहुने नेपाल चिकित्सक संघले जनाएको छ।
नेपाल चिकित्सक संघले केही दिनदेखि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई ुजेल विथआउट बेलु अर्थात धरौटी विना कैद सजाय दिइनुपर्ने लगायतका माग राख्दै देशैभरका अस्पतालमा बहिरंग सेवा बहिष्कार गरिरहेको छ।
त्यसप्रति गम्भीर चिन्ताहरु व्यक्त भएका छन्।
तर संघका एक पदाधिकारी डाक्टर लोचन कार्कीले बीबीसीसँग भने, ूहामीले गरेको आन्दोलनले अत्यावश्यक सेवा प्रभावित हुँदैन र ुएमरजेन्सीु कक्षबाट दशैंका बेला पनि हाम्रो सेवा जारी रहनेछ।ू
चिकित्सक आन्दोलनले बिरामी मारमा

चिकित्सकहरुले बहिरंग सेवा बन्द गरेको बेला चितवनको एक अस्पतालमा एक चिकित्सकमाथि हातपात भएको भनिएको घटनापछि तनाव झनै बढेको छ।
तर स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलको भनाइमा चिकित्सकहरुलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाइएको छ।
ूउहाँको सुरक्षाको माग लाई कानूनमार्फत सम्बोधन गर्दैछौं। मैले उहाँहरुलाई सुरक्षाको प्रत्याभूति दिन गृहमन्त्रीसँग पनि कुरा गरिसकेको छु।ू
चिकित्सक संघका डाक्टर कार्कीले चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएकोले अन्योल बढेको तर उनी फर्किए लगत्तै सम्भवतः आफ्ना माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्।