साहित्यतर्फको नोबेल बेलायती लेखक इसिगुरोलाई
जापानी मूलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई यस वर्षको नोबेल साहित्य पुरस्कार दिइने भएको छ । पुरस्कारको घोषणा गर्दै पुरस्कार छनोट समितिले भनेको छ,‘ इसिगुरोले उपन्यासमार्फत् आफ्नो बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाउनुभएको छ ।’ उहाँका सबैभन्दा चर्चित उपन्यासहरु द रिमेन्स अफ द डे र नेभर लेट मि गो मा आधारित रहेर चर्चित चलचित्र बनाइएका छन् । नोबेल पुरस्कारको घोषणा भएसँगै प्रतिक्रिया दिँदै ६२ वर्षीय लेखक इसिगुरोले भन्नुभयो, मलाई अचम्मित तुल्याउने खालेको खुसी पैदा भएको छ । उहाँका चर्चित आठवटा पुस्तक प्रकाशित छन् । ती पुस्तक ४० भन्दा बढी भाषामा अनुवाद गरिएको छ ।