उत्तर कोरियाविरुद्ध कडारुपमा प्रस्तुत हुने जापानका प्रमको दृढता

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियासामु दृढ रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन्। मतदानपछिको मत सर्वेक्षणहरु एक्जिट पोलले निर्धारित समयअगावै गराइएको आमचुनावमा आबेले स्पष्ट जित हासिल गरेको देखाएपछि उनको पछिल्लो भनाई सार्वजनिक भएको हो।

मुलुकले कैयौँ संकटुको सामना गरिरहेको बेला थप जनादेश लिनका लागि आफूले निर्धारित समयअगावै आमचुनाव गराएको प्रधानमन्त्रीले बताएका छन्। तीमध्ये उत्तर कोरियाबाट बढ्दो खतरा एक हो।

प्रारम्भिक मत सर्वेक्षणहरुले प्रधानमन्त्री आबेले दुई तिहाई मत सुरक्षित गरेको देखाएका छन्।

योसँगै उनी विश्वयुद्धयताकै सबैभन्दा लामो कार्यकाल सत्तामा रहने जापानी प्रधानमन्त्री बन्नेछन्।