स्पेन एकताको पक्षमा लाखौँ मानिसद्वारा प्रदर्शन

maitrinews

 

बार्सिलोना । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि, बार्सिलोनामा स्पेनी एकताको लागि आयोजना गरिएको प्रदर्शनमा लाखौं मानिसहरु सहभागी भएका छन्।
त्यस क्षेत्रकै सबैभन्दा ठूलो शहरमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुँदै कैयौँ मानिसले बर्खास्त गरिएका क्याटलान नेता कार्लेस् पुज्डमोनलाई कैद सजाय दिइनु पर्ने माग गरे।

स्पेनको केन्द्रीय सरकारले क्याटलानमा आफ्नो प्रत्यक्ष नियन्त्रण कायम गर्दै पुज्डमोनलाई बर्खास्त गरिदिएको थियो। त्यसअघि क्याटलान संसदले स्वतन्त्रता घोषणा गरेको थियो।

बार्सिलोनाको प्रदर्शनमा सहभागी कैयौँ प्रदर्शनकारीले क्याटलान नेता पुज्डमोनविरुद्ध नाराबाजी गरेका छन्।

क्याटलान नगर प्रहरी फौज गुआर्दिया अर्बानका अनुसार बार्सिलोनामा तीन लाख मानिस भेला भएका छन्।