इजिप्टको मस्जिदमा आक्रमण : २३५ जनाको मृत्यु, १२० जना घाइते
इजिप्ट । इजिप्टका राष्ट्रपतिले कम्तीमा २३५ जनाको जाने गरी साइनाइस्थित एक मस्जीदमा गरिएको हमलाको बदला लिइने चेतावनी दिएका छन्।
हालैका दिनहरुमा इजिप्टमा गरिएको सबैभन्दा नराम्रो हमलाहरुमध्ये एकपछि टेलिभिजनबाट देशवासीका नाममा संबोधन गर्दै राष्ट्रपति अब्दुल फतह अल सिसिले पूर्ण शक्तिका साथ हमलाको बदला लिइने बताए।
सो हमलाको कसैले जिम्मा लिएको छेन।
तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले हमला गर्ने गरेको थियो।
इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीहरुद्वारा गरिएको आक्रमणमा मृत्यु हुनेहरुको संख्या २३५ पुगेको अधिकारीहरुले जनाएका छ।
अन्य १२० जना घाइते भएका छन्।
आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए।
सरकारी समाचार एजेन्सीका अनुसार बन्दूकधारीहरुले उत्तरी गाउँ अल(रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए।
घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि तिनले गोली चलाएका थिए।