जेरुसेलमलाई राजधानी नबनाउन सुरक्षा परिषदमा प्रस्ताव

maitrinews

 

जेरुसलेम ।  राष्ट्रसंघको सुरक्षा परिषद्‌मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेज गर्नुपर्ने माग सहितको एउटा मस्यौदा प्रस्ताव पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि इजिप्टले यस्तो प्रस्ताव गरेको हो।

लामो समयदेखिको अमेरिकी नीति उल्टाउँदै गरिएको उक्त घोषणाले व्यापक रुपमा अन्तर्राष्ट्रिय तहबाट आलोचना खेपेको थियो।

यसैबीच प्यालेस्टाइनको फाटा आन्दोलनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अर्को साता हुने जरुसलेम भ्रमणको विरोधमा प्रदर्शनहरु गर्ने निर्णय गरेको छ । उक्त मस्यौदा प्रस्तावले सदस्य राष्ट्रहरुलाई जेरुसलेममा दूतावास नखोल्न अनुरोध गर्नुका साथै एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे लिइएका निर्णयले कानूनी मान्यता नपाउने र त्यो खारेज हुनुपर्ने माग गरेको छ।