डा. केसीद्वारा अनसन स्थगित

काठमाडौं । माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् ।
शुक्रबार साँझ नै सरकारसँग अनसन अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका डाक्टर केसीले शनिबार बिहान मात्रै औपचारिक रुपमा अनसन तोडेका हुन् ।
त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्दै आएका नथुनी मोचीले डाक्टर केसीको अनसन तोडाएका हुन् ।

अनसन तोडेपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उनले अन्तिम अवस्थासम्म पनि चिकित्सा क्षेत्रको सुधार, न्याय र भ्रष्टाचार मुक्त समाजका लागि लडिरहने प्रतिक्रिया दिए ।

सर्वोच्चका प्रधानन्यायाधीशमाथि सर्वोच्च अदालतकै फैसलाले छानविनको दायरामा ल्याएकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनको तर्क थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आफू पुनःसत्याग्रह आन्दोलनमा बस्ने चेतावनी दिए ।