अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रोक्का


अमेरिका । ट्रम्प प्रशासनले प्यालेस्टिनीहरूलाई मद्दत गरिरहेको संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको छ।
संयुक्त राष्ट्रसंघका एक अधिकारीले अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौं मानिसहरूमाथि गम्भीर असरहरू पर्ने बताएका छन्।

अमेरिकाले करिब १२ करोड ५० लाख डलरमध्ये ६ करोड पहिलो किस्ता अन्तर्गत दिने र बाँकी ६ करोड ५० लाख डलरचाहिँ रोक्ने जनाएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि नै यदि प्यालेस्टिनीहरूले इजरायलसँगको शान्ति प्रयास अस्वीकार गरे प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने बताएका थिए।