शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण हुने

 


काठमाडौं । जतिबेला डा। रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको योजना बुनिरहेका थिए, धेरैले नाक खुम्च्याउँदै शंसय व्यक्त गर्थे नेपालमै ? त्यो पनि सरकारी अस्पतालमा ?
नेपालका सरकारी अस्पताल र त्यहाँ पाइने सेवा सुविधाबारे आम मानिसहरुले प्रश्न उठाइरहेका बेला त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने योजना पत्यार नलाग्नु स्वभाविकै थियो । तर, करिव ३ वर्षको प्रयासपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा जुटेको छ ।
कुनै अवरोध भएन भने आउँदो बैशाखबाट शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सुरु हुनेछ ।