साउदी अरबमा सेनाका उच्च अधिकारीहरू बर्खास्त

maitrinews

साउदी अरब । साउदी अरेबियाले मध्य रात गरेका शाही निर्णयअन्तर्गत सेना प्रमुखसहित उच्च सैन्य कमाण्डरहरूलाई बर्खास्त गरेको छ।

साउदी राजा सलमानले हवाई फौज र रक्षाबलका प्रमुखलाई समेत पदबाट हटाएका छन्।

साउदीको यो शाही निर्णयबारे त्यहाँको साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित गरेको थियो तर सेनाका उच्च अधिकारीहरूलाई बर्खास्त गर्नुको कारण भने उक्त समाचारमा उल्लेख गरिएको छैन।

यमनमा युद्ध शुरू भएको तेस्रो वर्षको अन्त्य हुन लाग्दा साउदी अरेबियाले यस्तो निर्णय लिएको छ जसको नेतृत्वको गठबन्धनले यमनको विद्रोहीहरूविरुद्ध लडिरहेको छ।