पुराना कलाकार थापाको निधन

 

काठमाडौं । पुराना अभिनेता भीमबहादुर थापाको निधन भएको छ। फिल्म, टेलिभिजन र रेडियोका चर्चित अभिनेता थापाको ९३ वर्षको उमेरमा काठमाडौंको मैतीदेवीस्थित निवासमा निधन भएको हो।
अभिनेत्री दीपाश्री निरौलाका अनुसार गत आइतबारमात्र उनलाई सैनिक अस्पताल छाउनीबाट घर ल्याइएको थियो। फोक्सोमा पानी जमेको तथा मिर्गौलाले काम नगरेका कारण अस्पतालमा उपचार गराइरहेका थापाले घरमै जाने इच्छा व्यक्त गरेपछि उनलाई घर लगिएको निरौलाले जानकारी दिइन्।

उनको पार्थिव शरीर आज १० देखि १२ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गर्ने निरौलाले जानकारी दिइन्।

निरौलालाई धर्मछोरी मान्ने थापालाई निरौला कर्मबाबु मान्छिन्। देवी टिलिफिल्ममा निरौला थापाकी छोरीको भूमिकामा थिइन्। त्यसयता आफूहरूको गहिरो भावनात्मक सम्बन्ध रहेको निरौला बताउँछिन्।

ुउहाँ ९३ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्योु, निरौलाले भनिन्, ुछक्कापञ्जा ३ को काठमाडौंमा सुटिङ भयो भने मलाई पनि भन्नु, म रोल गर्छु( उहाँले मलाई पछिल्लोपटक भन्नुभएको थियो।ु

ुतीतो सत्यु टेलिफिल्ममा थापा दीपाको बाबुको भूमिकामा देखिन्थे।

ुतृष्णाु चलचित्रमा थापासँग काम गरेका फिल्म निर्देशक एवं लेखक प्रकाश सायमीले ुरेडियो नेपालको बिहानी रेडियो नाटकमा उनले ल्याएको परिवर्तन अविश्मरणीय रहेकोु फेसबुकमा लेखेका छन्।

विश्वयुद्धदेखि अभिनयसम्म

खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका उनले दोस्रो विश्वयुद्ध लडेका थिए। हिमालय टेलिभिजनसँगको कुराकानीमा उनले ु१५र१६ वर्ष भएपछि आफूलाई दोस्रो विश्वयुद्धमा होमिदिएकोु बताएका छन्। सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए।

उनी २०४१ सालमा सैनिक सेवाबाट निवृत्त भएका थिए। नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ुशाही नेपाली सैनिकु कार्यक्रम सञ्चालनको मौका पाए। त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए।

सैनिक सेवामा हुँदा नै उनले के घर के डेराु लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए।

थापाले करिब ६७ वटा ठूला फिल्म, १०० भन्दा बढी टेलिफिल्म र एक दर्जन नाटकमा अभिनय गरेका छन्।

उनी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए।

उनका श्रीमती, छोरा र दुई छोरी छन्। दुई विवाह गरेका उनकी कान्छि श्रीमतीको २०६० सालमै निधन भइसकेको छ। उनका छोरा प्रकाश थापा अमेरिकामा छन्।