जनता बैंकद्वारा बृहत् स्वास्थ्य शिविर आयोजना

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता स्वास्थ्य शिविरको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले गरेका थिए। । बैंकका संचालक लङ्क बहादुर के.सी. को सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पु¥याएको सहयोग प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । उक्त शिविरबाट आङ्ग खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्नेछ ।