मेस्सी र रोनाल्डो विश्वकपबाट बाहिरिँदा निराशा
मस्को । सन् १९७० को विश्वकप फुटबलको नक आउट चरणयता सबैभन्दा बढी गोल भएको रुस विश्वकपअन्तर्गत भएका खेलहरूमा विश्वका दुई सर्वाधिक चर्चित खेलाडीहरू गोल गर्न विफल भएका छन्।
लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले आफ्ना टोलीका लागि निर्णायक प्रभाव छाड्न नसक्दा आर्जेन्टिना र पोर्चुगलको विश्वकपको यात्रा समाप्त भएको छ।
शनिवार रातिका खेलमा आर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले र पोर्चुगल युरुग्वेसँग २— १गोल अन्तरले पराजित भएको थियो।
यो बहिर्गमनसँगै ३१ वर्षीय मेस्सी र ३३ वर्षीय रोनाल्डोले आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा प्रस्तुत गर्न सक्ने सम्भावना लगभग सकिएको छ।