स्पेनलाई हराएपछि रुसभरि हर्षोल्लास

मस्को । पूर्वविश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसी फुटबल समर्थकहरूले शहरका चोकहरूमा भेला भएर खुसियाली मनाइरहेका छन्।
विश्वकप आयोजक राष्ट्रका समर्थकहरूले टोलीको प्रशंसामा नाराबाजी गर्नुका साथै नाचगान समेत गरिरहेका छन्।
एकदमै प्रतिस्पर्धात्मक खेलमा रुसले पेनाल्टीमा स्पेनलाई हराएको थियो।
विश्वकप शुरू हुँदा फुटबलको सर्वोच्च निकाय फिफाको वरीयताक्रममा रुस निकै तल थियो।
स्पेनलाई प्रतियोगिताको उत्कृष्टमध्ये एक टोलीका रूपमा लिइएको थियो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा रुसले पूरै रक्षात्मक फुटबल खेलेको थियो।