फ्रान्स र बेल्जियम सेमिफाइनलमा

maitrinews

मस्को । रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एउटा रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम २(१ गोल अन्तरले विजयी भएको हो।
शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए।

अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन।
विश्वकपबाट ब्राजिलको बहिर्गमनको अर्थ रुस विश्वकपमा अब बाँकी टोलीहरू युरोपका मात्रै छन्।

बेल्जियमले शुक्रवारको पिहलो क्वार्टरफाइनलमा युरूग्वेलाई हराएको फ्रान्ससँग अब सेमिफाइनलमा भिड्नेछ।

कजानमा ब्राजिलविरुद्ध भिड्दै गर्दा बेल्जियमले प्रतियोगिताको आफ्नो लगातार पाँचौ जित सुनिश्चित गर्ने र सन् २००६ यता पहिलो पटक विश्वकपको सेमिफाइनलमा युरोपेली टोलीहरूमात्रै पुग्ने अवस्था सिर्जना गराउन चाहेको थियो।