मिस नेपाल युएस २०१८ मा क्षितिजा शाक्य अफिसेली फेसन डिजाइनर

maitrinews


काठमाडौँ । मल्टी ट्यालेन्टेट आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त बनेकी छन् । अमेरिकामा यही अगस्त महिनाको १९ तारिखका दिन हुन गैरहेको मिस नेपाल युएस २०१८ को लागि अफिसेली फेसन डिजाइनर भएकी हुन्।
अमेरिकाको टेक्सास स्थित डल्लासमा आयोजना हुने मिस नेपाल युएस २०१८ मा सहभागीहरुका लागि आवश्यक फेसन डिजाइनिङ गर्ने कार्य डिजाइनर शाक्यवाट भएको छ। नेपाली स्टाइलमा इभिनिङ गाउन लगायतको डिजाइन शाक्यले गरेकी हुन्।
मिस नेपाल युएस २०१८ मा एक से एक प्रतिस्पर्धीहरुलाई बेस्ट अफ लक तथा आधिकारिक कोरियोग्राफर सुरेश मानन्धर, आदित्य खरेल, प्रतिक सुवेदी लगायत आयोजक टीमलाई मौका तथा अवसर प्रदान गरेकोमा धन्यवाद दिने कार्य पनि डिजाइनर शाक्यवाट भएको छ।
नेपालमा बुटिक व्यवसायमा विगत एक दशक देखि निरन्तर लाग्दैआएकी उनी देश–विदेशमा ख्यातिप्राप्त फेसन डिजाइनर हुन्। नेपाली टेलिफिल्म पर्खालवाट अभिनयको करियर शुरु गरेकी उनको पहिलो फिल्म घामछायाँ हो।
त्यसपछि एक दर्जन फिल्ममा लिडिङ रोलमा अभिनय गरिसकेकी उनले सयौं फेसन–शोमा क्याटवाक तथा फेसन डिजाइन गरिसकेकी छन्। नेपाली ढाका, ह्याम लगायतका कपडाको प्रमोट गरेर फेसन डिजाइन गर्ने कार्यमा पनि डिजाइनर शाक्यले नयाँ आयाम राखिसकेकी छन्। साथमा कल्चरल मोडिफाइड फेसन डिजाइन गर्ने कार्यमा निरन्तरता दिएर बेग्लै रेकर्ड राख्ने उनको सोच रहेको छ।