नेपाल ई स्पोर्टस् च्याम्पियनसिप २०१८ प्रतियोगिता सम्पन्न

maitrinews

 


काठमाडौँ । नेपाल ई स्पोर्टस् एशोसिएशन नेपालको आयोजनामा “नेपाल ई स्पोर्टस् च्याम्पीयनसिप २०१८” प्रतियोगिता सम्पन्न भएको छ । २०७५ भाद्र १ र २ गते भृकुटीमण्डपमा आयोजना गरिएको उक्त प्रतियोगितामा आलाईन खेलिने डोटा २ र काउण्टर स्ट्रइक गो गरि दुई खेलको लागि ३२ टिमको गरि जम्मा १९२ जनाले खेलमा सहभागिता जनाइएको थियो ।
नेपालमा पहिलो पटक विभिन्न अनलाइन खेलिने मनोरञ्जनात्मक खेलहरु समावेश गरि आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन काठमाण्डौं ८ का माननिय सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्री जीवन राम श्रेष्ठज्यूले गर्नु भएको थियो । उक्त प्रतियोगितामा डोटा खेल तर्फ न्यू इरा गेमिङ्गको समूहले प्रथम तथा अन्डरडगको समूहले दोश्रोस्थान प्राप्त गरेको थियो । त्यसै गरि काउण्टर स्ट्राइक गो को खेलतर्फ डेस्पेराडोको समूहले प्रथम तथा फोर मिराकल को समूहले दोश्रो स्थान प्राप्त गरेको थियो । प्रथम हुने टोलीले प्रथम पुरस्कार स्वरुप नगद रु १५००००÷– तथा दोश्रो हुने टोलील पुरस्कार स्वरुप नगद रु ६५०००÷– प्राप्त गरेको थियो ।
विश्वको युवाहरु माझ लोकप्रिय खेल समावेश गरि पहिलो पटक नेपालमा आयोजना गरिएको उक्त प्रतियोगिताको एडडेआले कार्यक्रमको संयोजन गरिएको थियो भने एनसेलले मुख्य प्रायोजन रहेको नेपाल ई स्पोर्टस् एशोसिएसन नेपालका अध्यक्ष सुरज डंगोलले बताउनुभयो ।