नेपाल हङकङसँग ३ विकेटले पराजित

maitrinews

काठमाडौँ — एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।

अन्शुमन रथले अर्धशतक जोडेपछि नेपाल सहजै पराजित भएको हो । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ५ विकेट हात पारेका थिए ।