“नेपालमा सङ्घीयता र राजनीतिक आर्थिक वहाब”

Maitrinews

काठमाडौँ । यस पुस्तक “नेपालमा सङ्घीयता र राजनीतिक–आर्थिक बहाव” ४७१ पेज लामो पुस्तक र अहिले नेपालमा चलिरहेको सङ्घीयतास् फिस्कल९ अर्थ, अर्थ सम्बन्धित र वित्तीय०, प्रशासनिक र राजनीतिक सङ्घीयतास विकेन्द्रीकरण, यिनीहरूको फाइदा बेफाइदास गरिबी यसले घटाउन सक्छ सक्दैनस बिश्वब्यापिकरणसंगको साइनोस जातजाति, सांस्कृतिक मान्यता र सङ्घीयतास समृद्धिस राजनीतिक ब्रान्ड,स सामीप्यता र कनेक्तिभिटी, नयाँ सिल्क रोडस महिलाहरू र सङ्घीयता साथै गभरनान्स९ शासकीय पद्धति० आदि इत्यादि बारे विस्तृत, व्यापक र गहन रूपले अध्ययन गरी लेखिएको छ ।

पहिले नै भन्न पर्दास नयाँ सोच, नयाँ दृष्टि आजको विश्वव्यापीकरण र हाम्रो सङ्घीयता कसरी आयो, कता जादैछ भोलि नेपालमा स्थानीय तहहरू कसरी जाने छन् भन्ने विषयमा किताबले प्रस्ट बताएको छ भने यस क्षेत्रमा चाख राख्नेलाई विस्तृत ज्ञान दिनेछ ,

पुस्तक भित्र विकेन्द्रीकरण र संघीयतालाइ समातेर फ्रान्सेली क्रान्त पछि युरोपमा सङ्घीयताको अवधारणा निस्किएको एतिहासिक तथ्यदेखि अमेरिकी संविधान बनाउने फ्रेमर्स ९ रूपरेखा कोर्नेहरू०ले सन् १७८७ मा फिलाडेल्फिया सङ्घीयता सुरु गरेको अवस्था चित्रित गर्दै नेपालको अवस्थामा कसरी सङ्घीयता आयो भित्र पसेर मथ्ने कार्य गरिएको छ । यसका लागि अहिलेको विश्वव्यापीकरण, नेपालको ऐतिहासिक भूगोल, मानवीय र आर्थिक भूगोल समात्दै आज र अहिले भएका अनुसन्धानकाहरुलाई आधार भूमि बनाइएको छ । पुस्तकमा विश्वव्यापीकरणले गर्दा नेपाली समाजमा भइरहेको सामाजिक बिखन्डन र रूपान्तरण भित्रका अभ्यास केलाइएको छ जसले भोलि नीति बनाउन सजिलो गराओस् ।
आर्थिक रूपान्तरणका विषयमा निजीकरण, वित्तीयकरण साथै स्वार्थ सिद्ध गर्न गरिएको सङ्कट सृष्टि र व्यवस्थापन कसरी कसरी प्रयोग गरियो भन्ने विषयमा प्रस्ट उदाहरण सहित जाने बाटो देखाउँदै विषय वस्तुसँग हुने बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीहरूलाई विश्लेषण गरिएको छ ।
सन् १९९० पछिको कालमा एक नयाँ ठालु वर्ग पुरानै शासकीय पद्धतिमा उभिएको पुस्तकले प्रस्ट देखाएको छ जुन वर्ग शक्ति सञ्चय गर्न मुलुकका औपचारिक र अनौपचारिक सस्थाहरु र सङ्गठनहरूलाई भागबन्डा र सेटिंग चलाइरहेको यही सङ्घीयता भित्र देखिन्छ । पुस्तकले यस समयको फिस्कल सङ्घीयता ९ अर्थ, अर्थ सम्बन्धी र वित्त०, प्रशासनिक सङ्घीयता र राजनैतिक सङ्घीयता बारे प्रदेश र स्थानीय निकायहरूको ढाँचा ९ जग० देखि हाम्रा अभ्यास र प्रशासनिक संयन्त्रहरूको ठाडो र तेर्सो सम्बन्धहरूलाई विस्तृत समातेर जाने बाटो देखाएको छ ।

पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता बारे विस्तृत परिभाषा, विश्वमा भएका अभ्यासहरू, जातीय द्वन्द्व, नेपाली महिलाहरूको ४१ ५ राजनीतिक प्रतिनिधित्व र अवस्था बारे चर्चा गरेको छ १ १८ औँ शताब्दीदेखि जरो गाडेको छुवाछुत प्रथा, बाल विवाह, बोक्सी जस्ता विकृति कसरी उत्प्रेरक बनेर स्थानीय तह र प्रदेशले सुधार्न सक्छन् पुस्तकले बाटो देखाएको छ १
स्थानीय तह र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, विद्यार्थी, प्राध्यापक र नीति निर्मातासम्म पुग्न गभरनान्स, आरक्षण, जनसान्खिकीय अनुसन्धान र अध्ययनमा जोड दिँदै, आयोजना अवधारणा पत्र, आयोजना चक्र र तर्कयुक्त ढाँचा बनाउन सिकाउँदै सिद्धान्त र अभ्यास दुवै क्षेत्रलाई जोड दिएको छ ।
बितेका एक वर्षका अभ्यासमा सङ्घ ९ केन्द्र०, प्रदेश र स्थानीय तह बीचको द्वन्द्व, जातीय विशेषता बोकेको एकात्मक सङ्घीयता, हिजोको विकेन्द्रीकरण, आजको विकेन्द्रीकरण र सङ्घीयता विस्तृत विश्लेषण गर्दै लिच्छवीकाल देखि आजसम्मको बाटो देखाइएको छ ।
सत्य र तथ्य समाउन क्रिक पेत्रिक, हडसन्, लुडविग, मुस्ग्रेभ, वाट्स हुँदै यादव प्रसाद पन्त र आजका विश्व प्रसिद्ध प्रोफेसर डेबिड हार्बे, अमर्त्य सेन, सिमोन स्प्रिगर, एन्दी पाइक, फ्रान्का गबर्नाका अनुसन्धानका पुस्तक र पेपरहरूलाई निचोरेर रस नेपाली सन्दर्भमा पोखिएको छ । नेपाली सङ्घीयताको सन्दर्भमा पार्टीहरूले गरेका गल्ती औल्याइएको छ १ उनीहरूले आफ्ना लागि गरेको राजनीतिक बिकेन्द्रीकरण ९ भाग बन्डा र सेटिंग ० उत्कृष्ट देखिन्छ तर आधारभूत आधार बेगर उब्ज्याईएको प्रशासनिक र फिस्कल सङ्घीयता पहाड बनेर उभिएको छ ।
पुस्तकले पार्टीहरूलाई प्रस्ट रूपमा गुट – उप गुट छोडेर पार्टीहरू प्रजातात्रान्त्रिक पद्धतिमा लैजाऊ, इमान्दारिता र पारदर्शिताको राजनीतिमा आऊ अहिलेको अवस्थामा जनतामा विश्वास जगाऊ भन्दै भ्रस्ट्राचार र कमिसनको नीतिगत रूपले विवेचना र ब्याक्या गरेको छ १ यसै सन्दर्भमा सम्बद्धतिर जाने बाटो देखाउँदै ऐले भारतीय र चिनियाहरुको क्षेत्रीय राजनीतिका उदेश्यहरु बारे विस्तृत ब्याख्या गर्दै वान बेल्ट वान रोडका आधारहरू पनि पुस्तकमा राखिएको छ ।