सुन्दरी प्रतियोगिता सुरु गर्दाको सकस

 

काठमाडौँ । हालसम्म मिस नेपाल प्रतियोगितामार्फत नेपालले २२ जना सुन्दरी पाइसकेको छ । सन् १९९४ बाट सुरु भएको मिस नेपाल छनोटको यात्रा भने त्यति सहज थिएन । द हिडेन ट्रेजरको आयोजनामा आजभन्दा २४ वर्षअघि यो यात्रा सुरु भएको हो । त्यसवेलाको समाज अहिलेको जस्तो थिएन ।

द हिडेन ट्रेजरले मिस नेपालको नाममा समाजमा विकृति फैलाउन खोजेको आरोपदेखि, छोरीचेली नंग्याउन खोजेको आरोपसम्म झेल्यो । अहिलेको अवस्थामा आउन निकै संघर्ष गर्नुप(यो । मिस नेपाल प्रतियोगिताका परिकल्पनाकार गोपाल कक्षपती आरोपको पछि लागेनन् । उनी मिस नेपाल आयोजनामा लागिरहे । उनले ज्यान मार्ने धम्की, द हिडेन ट्रेजरको अफिसमा ताला लगाउनेदेखि केही वर्ष कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था झेले । हाल २४औँ मिस नेपाल छनोट भइसकेको छ ।