४० वर्षमा चीन कसरी समृद्ध भयो ?
चीन । चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति ल्याएको श्रेय नेता देङ सिआओपिङलाई जान्छ। देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति शुरू गरेको सन् २०१८ मा ४० वर्ष पूरा भएको छ।
त्यसलाई उनले चीनको दोस्रो क्रान्ति भन्ने गर्दथे। उक्त आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश गर्यो।
आजको मितिमा चीन विश्वको यस्तो देश भएको छ जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ खर्ब डलर छ।
कुल गार्हस्थ उत्पादन ११ खर्ब डलरको मामिलामा चीन विश्वको दोस्रो ठूलो देश हो।
प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो।
देङ सिआओपिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो।
सन् २०१७ मा आएर त्यो हिस्सा १८.२ प्रतिशत पुगेको छ।
चीन अब केवल एउटा उदीयमान अर्थतन्त्र मात्रै रहेन, बरू १५ औँ र १६ औँ शताब्दीताका विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा भएको अवस्थातर्फ ऊ उन्मुख भइरहेको छ।