भारतद्वारा चार हजार किलोमिटर टाढा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण

 

भारत । भारतले ४ हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने नयाँ मिसाइलको परीक्षण गरेको छ।
अग्नि चौंथौ मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन छ।
अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली पनि जडान गरिएको छ।

भारतले यसअघि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नामका मिसाइलको सफल परीक्षण गरिसकेको छ।