मेक्सिकोमा पहिलो महिला गभर्नरको हेलिकोप्टर दुर्घटनामा मृत्यु

मेक्सिको । सपथ लिएको १० दिनमै मेक्सिकोकी पहिलो महिला गभर्नरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको शपथ लिएको केही दिनमै विमान दुर्घटनामा मृत्यु भएको हो ।

उनले डिसेम्बर १४ मा गभर्नरका रुपमा शपथ लिएकी थिइन् । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एलोन्सो पिएएन पार्टीकी सदस्य थिइन् ।

विमान दुर्घटनामा उनका श्रीमानको पनि मृत्यु भएको छ ।