बेलायती प्रधानमन्त्री मे अविश्वासको प्रस्तावमा झिनो मत अन्तरले बच्न सफल
लण्डन । संसद्मा आफूविरुद्धको अविश्वासको प्रस्तावमा झिनो मतले जित्न सफल भएकी ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेले सांसदहरूलाई अब ब्रेक्जिट अर्थात् ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने प्रक्रियालाई मूर्त रूप दिनका लागि मिलेर काम गर्न आग्रह गरेकी छन्।
उनले सांसदहरूले ूनिजी स्वार्थ त्यागेर सबैको हितका लागि काम गर्नु पर्नेूमा जोड दिइन्।
मेविरुद्ध संसद्मा ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा ३०६ मत परेको थियो भने त्यसको विपक्ष अर्थात् मेको पक्षमा ३२५ मत परेको थियो।
केही विद्रोही टोरी सांसद र डीयूपीले उनको पक्षमा मत दिएपछि उनको प्रधानमन्त्री पद जोगिएको हो। तर २४ घन्टा अघिसम्म पनि दुवै पक्ष मेको ब्रेक्जिट योजनालाई विफल तुल्याउनुपर्ने अडानमा थिए।