नयाँ क्षेप्यास्त्र को विकास गर्ने रुसको चेतावनी

maitrinews

 

मस्को । रुसले मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ।
संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेपछि रुसले पछिल्लो कदम चालेको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अब नयाँ क्षेप्यास्त्रहरूको विकास गर्ने बताए।

यसअघि शुक्रबार अमेरिकाले औपचारिक रूपमा आइएनएफ सन्धि अन्तर्गतका आफ्ना दायित्वलाई निलम्बन गर्न लागेको घोषणा गरेको थियो।
आइएनएफ सन्धिको रुसले उल्लङ्घन गर्दै आएको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ।
सन् १९८७ मा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घबीच भएको सो सन्धिले सानो र मध्यम दूरीको क्षेप्यास्त्रको प्रयोगमा दुवै मुलुकमाथि प्रतिबन्ध लगाएको छ।