ओस्कारमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

Maitrinews
काठमाडौँ । यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड ‘ग्रीन बुक’ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो ।अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। ‘रोमा’ नामक अर्ध-आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले उक्त अवार्ड प्राप्त गरेका हुन्। उनको यो दोस्रो ओस्कार हो। उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए।
पहिलो पटक ओस्कारका लागि मनोनयनमा परेकी अभिनेत्री ओलिभिया कोलमनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। उनको ‘द फेवरेट’का लागि यो सम्मान प्राप्त गरेकी हुन्।
यस्तै सर्वोत्कृष्ट अभिनेता तर्फ पनि पहिलोपटक ओस्कार मनोनयनमा परेका अभिनेता रमी मालेकले सम्मान हात पारे। उनले ‘बहिमियन र्‍याप्सोडी’मा गरेको दमदार अभिनयका लागि ओस्कार प्राप्त गरेका हुन्।